३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

वीपीको जन्मजयन्तीको अवसरमा गौरीगंजमा ५ जना जेष्ठ सम्मानित



गौरीगंज २४, भाद्र / नेपाली कांग्रेस गौरीगंज गाउँ कार्यसमितिले १११ औं विपी जयन्ती मनाएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित उद्योग वाणिज्य संघ गौरीगंजको सभाहलमा आज सोमबार आयोजित कार्यक्रममा ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरी मनाएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य, गौरीगंज गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशीले अविरसहित खादा ओढाएर सम्मान गरेको हो । नेपाली कांग्रेस गौरीगंज गाउँकार्य समितिका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगंग गाउँपालिका वार्ड नं. २ बाट नारायण प्रसाद खतिवडा, वार्ड नंं ३ बाट सुकदेव दास हलुवाई, वार्ड नंं. ४ बाट चेतलाल राजवंशी, वार्ड नं. ५ बाट पलानु ताजपुरिया र वार्ड नं. ६ बाट भुल्टुङ्ग माझी सम्मानित भएका थिए । उनीहरुलाई अबिर तथा खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सदस्य तथा गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, महासमिति सदस्य तथा गौरादह नगरपालिकाका निवर्तमान मेयर रोहित कुमार साह, जिल्ला सदस्य मखना महतो, महाधिवेशन प्रतिनिधि तथा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ क का उपसभापति आत्माराम राजवंशी, वार्ड नं. ६ का सभापति बद्रीनारायण यादव, वार्ड नं. २ का वडा सभापति चन्द्रमोहन राजवंशी, वार्ड नं. ५ का सभापति सन्तोष गन्गाई, जेष्ठ नागरिक संघका गौरीगंज अध्यक्ष भोला खतिवडालगायतले वीपीको योगदान तथा उनका साहित्य कृतिको विषयमा चर्चा गरेका थिए ।
गाउँपालिका कार्य समितिका सचिव गोपाल ताजपुरियाले स्वागत गरेको कार्यत्रममा सञ्चालन समितिका सहसचिव राजेन्द्र ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ३६ बजे