२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंजका सामुदायिक विद्यालयलाई ११ कक्षा सञ्चालन गर्न हम्मे हम्मे




गौरीगंज गाउँपालिका भित्र ४ वटा सामुदायिक विद्यालयमा ११ र १२ कक्षा सञ्चालनमा हम्मेहम्मे पर्ने देखिएको छ । यसवर्षको एसइइ परिक्षामा सामेल भएका विद्यार्थी मध्ये एकदम न्युन विद्यार्थी उर्तीण भएपछि ती विद्यालयहरुमा कक्षा ११ सञ्चालन गर्न हम्मेहम्मे देखिएको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविबाट ९ जना, गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविबाट ५ जना, गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित बालकल्याण माविबाट ११जना र गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श मावि कोरोबारीबाट ३ जना मात्र उर्तीण भएका छन् । सामुदायिक ४ वटा यी विदालयबाट २९३ जनाले परिक्षामा सामेल भएकामध्ये २८ जना मात्र सफल भएका छन् । गौरीगंज गाउँपालिकाले सामाुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । पालिकाले ४ वटा सामुदायिक विद्यालयका लागी वार्षिकरुपमा ४० लाख रुपैयाँ भन्दा बढी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि खर्चिदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ७ : ०० बजे