१ असार २०८२, आइतबार | Mon Jun 16 2025

नेपाली कांग्रेसको चुनावी अभियान तीब्र


२२ जेष्ठ २०७४, सोमबार  

0
Shares

vela

गौरीगंज / नेपाली कांग्रेस गाउ“पालिका स्तरिय समिति गौरीगंजले चुनावी गतिवितीलाई तीव्रता दिएको छ । कांग्रेसको अगुवा कार्यकर्ता तथा सक्रिया कर्ताहरुको बृहत भेलाले चुनावी अभियानलाई तीव्रता दिन आज ( सोमबार) राजेन्द्र कार्कीको संयोजकत्वमा ११ सय १ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरेको छ । । प्रचार समितीको सहसंयोजकमा दिनेश्वर राजवंशी र सचिवमा निरज अग्रवाल रहेका छन् । त्यसैगरी घनश्याम रिजालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा उदयलाल यादव, विजय अग्रवाल, हरि बराईली, हरि यादव,विश्वनाथ अधिकारी, नारायण खतिवडा, रामेश्वर यादव, उगनलाल यादव रहेका छन् ।अनुशासन तथा अनुगमन समितिको संयोजकमा राजेन्द्र कार्की सहसंयोजकमा दिनेश्वर राजवंशी, कमलेश्वर राजवंशी, नारायण अधिकारी, ज्ञानु राजवंशी रहेका छन् । त्यसैगरी महिला परिचालन समितिको संयोजक माया कोइराला, किसान परिचालन समितिको संयोजकमा संयोजकमा महेन्द्र रिजाल, तरुण परिचालन समितिको संयोजकमा नरसिंह राजवंशी, शिक्षक परिचालक समितिको संयोजकमा कमलेश्वर राजवंशी, आर्थिक समितिको संयोजकमा चन्द्रप्रसाद नायक, संचार संयोजकमा आत्माराम राजवंशी, विद्यार्थी परिचालन समितिको संयोजकमा उज्जवल खतिवडा, सुरक्षा दस्ता परिचालन समितिको संयोजकमा नरविर लिम्बु रहेका छन् । समितिले गौरीगंज गाउ“पालिकाको सबै वडा कमितिलाई चुनाव साम्रगीसमेत वितरण गरिएको छ । पार्टीको घोषणा पत्र, अपील तथा झण्डालगायतका सामाग्री दिइएको थियो । नेपाली कांग्रेस गाउ“पालिका स्तरिय समिति गौरीगंजका संयोजक राजेन्द्र कार्कीको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि महासमिति सदस्य तथा गौरीगंज गाउ“पालिका नेपाली कांग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार फुलबत्ती राजवंशी रहेका थिए । भेलामा कांग्रेसका जिल्ला सदस्य कार्तिक लाल राजवंशी, पुर्व गाविस अध्यक्ष विजय अग्रवाल रहेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७४, सोमबार  १२ : ३९ बजे