३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

न्युन राजश्व कायम गर्न गुठी संस्थानसंग वडा अध्यक्ष राजवंशीद्वारा माग




गौरीगंज १५, साउन / झापाको तत्कालिन महाभारा (हाल गौरीगञ्ज १) को चतरा गुठी संस्थान अन्तर्गत कायम रहेको जग्गाको मालपोत उपयोग र उत्पादकत्वको आधारमा न्युन राजश्व कायम गर्न माग गरेका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले काठमाडौं स्थित गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख किरण साहीलाई माग पत्र बुझाउँदै जग्गाको उपयोग र उत्पादकत्वको आधारमा न्युन मालपोत कायम गर्न माग गरेका हुन् ।
चतरा गुठी अन्तर्गतको जग्गाको मालपोत वडा कार्यालय र मालपोत कार्यालयले प्रति कठठा रु २५ का दरले प्रति विघा ५ सय रुपैयाँ कायम गर्न वडा अध्यक्ष राजवंशीले गुठी संस्थानसंग माग गरेका छन् । गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख किरण साही, कानुन अधिकृत जनक पोख्रेल र इन्जिनियर भिम प्रसाद अधिकारीले उत्त गुठी अन्र्तगतको जग्गाको मालपोत र राजश्व न्युन रकम कायम गर्न छिट्टै व्यवस्थापन गर्ने वडा अध्यक्ष राजवंशीले बताए ।
गुठी संस्थान काठमाडौंका अनुसार यसअघि गुठीले प्रतिकठठामा असुल गर्नुपर्ने मालपोतको राजश्व प्रति कठ्ठा रु ८३.२२ कायम गरेर पठाउँदा प्रतिविघा रु १६६४.४० रुपैयाँ पर्न गएको थियो ।
चतरा गुठी अन्तर्गत तत्कालिन महाभारा गाविस तथा हालको गौरीगञ्ज गाउँपालिका वडा नं १ मा कूल २ हजार २४ विगाहा ३ कठठा ७ धुर जग्गा रहेको गुठीले मालपोतलाई उपलब्ध गराएको अभिलेखमा उल्लेख छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ को चतरा गुठीको जग्गा तीन वटा खोलाले घेरिएको भौगौलिक अवस्था छ ।
अघिल्लो २०७८÷ ०७९ मा गुठी अन्तर्गतको सो ठाउँको जग्गाको मालपोत ७ लाख रुपैया असुल भएकोमा २०७९, ०८० मा १५ लाख रुपैयाँ असुल भएको मालपोत कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ४४ बजे