४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज – २ लालमाटीमा रहेकाे दशगजाकाे सीमास्तम्भ बाढीले बगायाे, प्रहरीद्वारा खाेजी कार्य जारी



गाैरीगंज ३०, असार / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित लालमाटी छेउमा रहेकाे दशगजाकाे सीमा स्तम्भ बाढीले बगाएको छ ।
दशगजामा रहेकाे १४०/१५ नम्बरकाे सीमास्तम्भ बाढीले बगाएकाे हाे । विगत ३ दिनदेखि आएकाे अविरल वर्षाका कारण कमल खाेलामा आएकाे बाढीले उत्त स्तम्भ बगाएकाे सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजले जनाएकाे छ ।
हाल उत्त स्तम्भकाे खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ । सीमा स्तम्भ पानी मुनि रहेकाेले कहाँ र कुन अवस्थामा रहेकाे यकिन गर्न गार्हाे भईरहेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. २ लालमाटीलगायत वार्ड नं.१ काे कन्काई खाेलामा आएकाे बाढीले खाेला छेउछाउका बस्ती उच्च जाेखिममा रहेका छन्

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ०१ बजे