४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज भित्रका कर्मचारी, शिक्षक र सार्वजनिक पद धारण गरेका व्यक्तिका छाेराछाेरी सरकारी विद्यालयमा पढाईने



गाैरीगंज १०, असार / गाैरीगज गाउँपालिकाकाे १३ औ गाउँसभाबाट आ.व. २०८०/८१काे वार्षिक निति तथा कार्यक्रम प्रस्तुत भएकाे छ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले अा. व. २०८०/८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे हाे ।
गाउँपालिकाकाे सभाहलमा आज आईतवार भएकाे कार्यक्रममा आ. व. २०८०/८१ देखि गाउँपालिका भरिका सामुदायिक विद्यालयप्रति आम अभिभावककाे भराेसा जाेगाउन गाउँपालिका भित्रका सम्पुर्ण शिक्षक, कर्मचारी एवं सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका छाेराेछाेरीलाई माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराईने कार्यलाई कार्यान्वय गरिने छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएकाे छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ४९ बजे