१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

गाैरीगंज – १ रङ्गियाथानमा वडा अध्यक्ष कार्तिकलाल राजवंशीद्वारा अस्थायी प्रहरी चाैकीकाे माग, छिट्टै माग पुराहुने आश्वासन




गाैरीगंज २६, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. १ रङ्गियाथानमा अस्थायी प्रहरी चाैकी स्थापनाका लागि माग गरेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीसहितकाे टाेलीले आज आईतवार झापा जिल्लाका प्रहरी उपरिक्षक दुर्गा रेग्मीसमक्ष अस्थायी प्रहरी चाैकीका लागि माग गरेका हुन् ।
टाेलीमा गाैरीगंज गाउँपालिका वार्ड नं.२ का निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेस गाैरीगंजका सभापति अघनुप्रसाद राजवंशी, संचारकर्मी आत्माराम राजवंशी, समाजसेवी केशव भट्टराईलगायतकाे सहभागीता थियाे । ‘सुरक्षाकाे दृष्टिकोणले रङ्गियाथानमा प्रहरी चाैकीकाे अतिआवश्यक भएकाेले यस अघि पनि जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे थिए’, वडा अध्यक्ष राजवंशीले भने, ‘यसपाली भने हाम्राे माग सम्बाेधन हुने आश्वासन पाएका छाै ।’
अस्थायी प्रहरी चाैकीकाे स्थापनाले यस भेगमा सुरक्षा शान्ति कायम राख्न र तस्करीलगायतका घटनाहरूमा न्युनिकरण हुने वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : १० बजे