३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने


४ माघ २०७३, मंगलबार  

0
Shares

bimalendra

वीरगन्ज, ४ माघ / उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन्।

नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए।

एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति : ४ माघ २०७३, मंगलबार  ८ : ३० बजे