विराटनगर १७ फागुन/ संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।