५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज क्षेत्रमा चाेरीकाे घटना बढ्न थालेपछि गाउँपालिकाकाे चासाे, वाणिज्य संघद्वारा गाउँपालिकामा सुरक्षाका याेजनाहरू निर्णायार्थ पेश गर्ने



गौरीगंज ७, असोज / पछिल्लो समयमा गौरीगंज क्षेत्रमा  चोरीका घटना बढ्न थालेपछि यहाँका सरोकारवाला निकायहरु चासो लिन थालेको छ ।
झापा उद्योग वाणिज्य संघ गौरीगंजलले यसअघि पटक पटक चोरीलगायत  आपराधिक गतिविधिहरूलाई न्युनिकरण गर्न अन्तर्किया कार्यक्रमको आयोजना गरे पनि त्यति चासोको रुपमा नलिएको स्थानिय सरकारले  आज आयोजित अन्तर्किया कार्यक्रममा बढो गम्भिर र चासोको रुपमा लिएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष  फूलवती राजवंशीको प्रमुख आतिथ्यता र उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोको अध्यक्षतामा भएको कार्यक्रममा  गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं. ४ का अध्यक्ष फेका गिरी, वार्ड नं. ६ का अध्यक्ष वद्री नारायण यादवलगायत सहभागि थिए । कार्यक्रममा गौरीगंज बजार क्षेत्रमा रहेका सीसी क्यामेराहरु तुरुन्त सुचारु गर्ने, सडक वत्तीहरु मर्मत गरी सुचारु गर्ने, युवा लक्षित जनचेतना कार्यक्रमहरुको आयोजना गर्ने, मदिरा लगायत अन्य पसलहरु रातको ९ वा ९.३० बजेदेखि  पुर्णरुपमा बन्द गराउने,  इलाका प्रहरी कार्याललय गौरीगंजलाई किट खरिद गर्ने, उद्योग वाणिज्य संघ र स्थानिय  वजार व्यवस्थापन समिति र सरोकारवालासंग समन्वय गरी सुरक्षा नीति बनाउने, सीमा क्षेत्रमा नियमितरुपमा  कडाईका साथ निगरानी बढाउनेलगायतका विषयमा बुदांगतरुपमा वाणिज्य संघ गौरीगंजले निर्णय गरी अनुमोदनका लागि गाउँपालिकाको कार्यपालिका वैठकमा निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।  
 गौरीगंज गाउँपालिकाकी अध्यक्ष  फूलवती राजवंशीको  कार्यक्रममा यस क्षेत्रको मुल सडक र चौकहरूमा सिसि क्यामेरा जडान र सञ्चालन गर्ने, सडक बत्ती जडान गर्नु पर्ने, युवाहरूलाई स्वरोजगारको व्यवस्था गर्नु पर्ने, स्कुल र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीलाई लागुऔषधी सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने, खुल्ला नाकामा सुरक्षाकर्मीको सक्रिय चेकजाँच गर्नु पर्ने, मादकपदार्थ बेचविखन गर्ने होटल तथा पसलहरू बेलैमा बन्द गराउनु पर्नेलगायतका सुझावहरूमा  गाउँपालिका सकारात्मकरुपमा लिएको र त्यस तर्फ गाउँपालिकाले गम्भिररुपमा लिएको बताइन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालयका गौरीगंजका प्रमुख चुडामणी आँपगाई, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेश दाहाल, विओपी गौरीगंजका प्रहरी निरीक्षक केदारजंग थापालगायत विभिन्न संघसंस्थाका प्रमुख, वैंक तथा वितिय संस्थाका प्रमुख, विद्यालयका प्रअ, वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समितिका अध्यक्षलगायत व्यापारीहरूको सहभागीता थियो । उद्योग वाणिज्य संघ गौरीगंज शाखाका कार्यालय सचिव रोशन यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : २५ बजे