५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नागरिक आराेग्य सम्बन्धि एकदिने अभिमुखिकरण




गाैरीगंज १७ , असार / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरले गाैरीगंजमा एकदिने नागरिक आराेग्य सम्वन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वास्थ्य रहन अायुर्वेदिक अाैषधिबारेमा जानकारी गराएकाे थियाे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा. अनिल यादवले दैनिक याेग, खानपान, नित्यकर्म, आयुर्वेदकाे प्रयाेजन, रात्रिचर्या, ऋतुचर्या, पानी शुद्विकरणमा चरणहरू सम्बन्धि अभिमुखिकरण गराएकाे थियाे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरको आयोजना मा भएको सो कार्यक्रममा नागरिक ले आरोग्य रहन गर्नुपर्ने दैनिक योग, खानपान तथा नित्यकर्म हरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।
उत्त कार्यक्रममा गाउम्हिालिकाकी उपाध्यक्ष पुजन न्याैपाने, डा . अनिल कुमार यादव, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, ४ नं. का वडा अध्यक्ष फेका गिरी, वार्ड नं.६ का वडा बद्री नारायण यादव, कार्यपालिका सदस्यहरू, स्वास्थ शाखा प्रमुख रामचन्द्र मिश्रलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ०८ बजे