९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंजका स- साना व्यवसाय गर्ने ६० परिवारलाई ११ हजार रकम सहयाेग




गाैरीगंज ११, फागुन / स-साना व्यवसाय सञ्चालन गरेर जिविका चलाउने विपन्न परिवारलाई प्राेत्साहन स्वरूप आर्थिक सहयाेग गर्ने भएकाे छ ।
आज बुधबार गाैरीगंज गाउँपालिकाका स-साना व्यवसाय सञ्चालन गरेर गुजारा चलाउने ६० परिवारलाई न्याय तथा विकासका लागि सामाजिक सञ्जाल कचनकवलले ११ हजारका दरले आर्थिक सहयाेग गर्ने भएकाे हाे । संस्थाले स्टार्ट अफ स्पाेर्ट प्राेग्राम मार्फत गाैरीगंज गाउँपालिकाका ६० जना परिवारसंग सम्झाैता गरेकाे छ । संस्थाले पहिलाे किस्तामा ८ हजार ८ सय रूपैयाँ र बाँकी रकम दाेस्राे किस्तामा २ हजार २ सय रूपैयाँ बैंक मार्फत भुत्तानी दिने स्टार्ट अफ स्पाेर्ट प्राेग्रामका संयाेजक कुमार चुडालले जानकारी दिए । लुथरन विश्व फाउन्डेसन नेपालकाे आर्थिक सहयाेगमा सञ्चालित कार्यक्रम मार्फत स- साना व्यवसायीलाई थप आर्थिक सहयाेग गरी अाय अार्जन बढाउन गाउँपालिकासंग समन्वय गरी कार्यक्रम ल्याईएकाे संस्थाका अध्यक्ष साेमनाथ भट्टराईले बताए । यस प्रकारकाे कार्यक्रम झापाका झापा गाउँपालिका, कचनकवल गाउँपालिका र गाैरीगंज गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेकाे अध्यक्ष भट्टराईकाे भनाई थियाे । काेभिड १९ काे महामारीले ससाना व्यवसायीहरू बढी प्रभावित भएकाेले उनीहरूलाई प्राेत्साहन स्वरूप व्यवसायमा थप लगानी गर्न सहयाेग प्रदान गरेकाे अध्यक्ष भट्टराईले धारणा राखेका थिए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाका काेभिड १९ बाट प्रभावित ५ सय ५८ परिवारलाई १० हजारकाे दरले राहत स्वरूप आर्थिक सहयाेग प्रदान गर्ने बताए । उनले बैंक मार्फत काेभिड १९ बाट प्रभावित विपन्न परिवार वडा बाट छनाैट गरी रकम उपलब्ध गराउने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठले काेही पनि दाेहाेराे लाभ लिन सक्ने प्रति सचेत भई राहत रकम वितरण गर्न चनाखाे रहनु पर्ने बताए । कार्यक्रममा वार्ड नं १ का वडाअध्यक्ष कार्तिकलाल राजवंशी, अपाङ्ग समिति गाैरीगंजका अध्यक्ष शेरममान बुढाथाेकी, पत्रकार आत्माराम राजवंशी, कार्यपालिका सदस्य भिम राजवंशीलगायतकाे उपस्थिति थियाे ।
त्यसैगरी संस्थाले गाैरीगंज गाउँपालिका अन्तर्गतका ४ वटा माविलाई शैक्षिक सामाग्री प्रदान गरेकाे छ । गाैरीगंज मावि, आदर्श मावि काेराेवारी, खजुरगाछी मावि र बाल कल्याण मावि कुञ्जिवारीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । न्याय तथा विकासका लागि समाजिक सञ्जाल कचनकवलले स्टार्ट अफ सपाेर्ट प्राेग्राम मार्फत सामुदायिक विद्यालयहरूलाई मादल, फुटबल, हार्माेनियम, गितार, पेन्टिङ ब्रस, पेन्टिङ कलर, भलिबल, भलिवल नेट, पेन्सिल कलर, बासुरीलगायतका सामाग्री प्रदान गरिएकाे संस्थाका संयाेजक कुमार चुडालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उत्त सामाग्रीहरू वितरण गरेका हुन । संस्थाका अध्यक्ष साेमनाथ भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बाबुराजा श्रेष्ठ थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ४० बजे