६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिकाकाे दशाैं गाउँसभा, दाेस्राे चाैमासिक अवधिमा ३३ प्रतिशत भन्दा कम कार्य प्रगति



गाैरीगंज १८, माघ / गाैरीगंज गाउँपालिकाकाे दशाैं गाउँसभाकाे औपचारिक उद्वघाटन कार्यक्रम आज मंगलबार सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न १० औ गाउँसभाकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले प्राेजेक्टरकाे माध्यमबाट बटम थिचेर उद्वघाटन गरेका हुन् ।

निर्वाचित भएर अाएकाे पाँच वर्ष कार्यकाल मध्ये अन्तिम १० औं गाउँसभा भएकाेले यसलाई जनप्रतिनिधिहरूले आफ्नाे कार्यकालकाे ऐतिहासिक गाउँसभा भनेर अर्थाएका छन् ।
उनीहरूले औपचारिक उद्वघाटन कार्यक्रममा पहिलाे पटक मुलुक संघिय संरचनामा गएसंगै स्थानिय तहकाे निर्वाचन पश्चात नागरिककाे असिमित ईच्छा र चाहना बमाेजिम विकास निर्माण नभएपनि गाउँपालिकाले विकास निर्माणलगायत ऐन कानुनकाे निर्माणमा उल्लेख्य कार्य गरेकाे उनीहरूकाे भनाई थियाे ।
सहभागी जनप्रतिनिधिहरूले आफ्नाे कार्यकालमा गाैरीगंज गाउँपालिका भित्र कृषि क्षेत्रमा जति लगानी गर्नु पर्ने थियाे त्यस अनुरूप गर्न नसकेकाे स्वीकार गर्दै कृषिमा क्रान्ति ल्याउन आवश्यक रहेकाे उनीहरूले औल्याएका थिए ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाकाले दाेस्राे चाैमासिक अवधिमा ६६ प्रतिशत कार्यहरू सम्पन्न गरि सक्नु पर्नेमा ३३ प्रतिशत पनि कार्य गर्न नसक्नु दु:खत भएकाे भन्दै त्यसतर्फ सम्पुर्ण जनप्रतिनिधि र कर्मचारी ध्यान दिन आवश्यक रहेकाे बताए ।
गाउँपालिकाले बजेट विनियाेजन गर्दा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षले मात्र बसेर बजेट विनियाेजन नगरेकाे भन्दै सबै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरूकाे सहमति बमाेजिम वजेट विनियाेजन गरेकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले दाेस्राे चाैमासिक अवधिकाे याेजना तथा कार्यक्रमकाे प्रगति विवरण प्रस्तुत गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ काे गाउँपालिका स्तरका याेजनाहरू जम्मा १ सय ८३ याेजनाहरू मध्ये हालसम्म ८५ वटा याेजनाहरू सम्झाैता हुन बाँकी रहेकाे छ । गाउँपालिकाकाे जम्मा याेजनाहरू मध्ये ८९ वटा याेजनाहरू सम्झाैता भईसकेकाे र ६७ वटा याेजनाहरू सम्पन्न भईसकेकाे उपाध्यक्ष थापाले बताए ।
त्यसैगरी संघीय सरकार तथा प्रदेश सरकारका तर्फका याेजनाहरू जम्मा ११ वटा मध्ये ९ वटा सम्झाैता भई कार्य भईरहेकाे र २ वटा सम्पन्न भईसकेकाे उपाध्यक्ष थापाले प्रस्तुत गरेकाे प्रगति विवरणमा उल्लेख छ ।
वडा स्तरिय भाैतिक पूर्वाधार याेजनाहरू अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा वार्ड नं. १ मा ३० वटा मध्ये १३ वटा सम्पन्न, वार्ड नं. २ मा ९ वटा मध्ये ५ वटा सम्पन्न, वार्ड नं. ३ मा ११ वटा मध्ये ५ वटा सम्पन्न, वार्ड नं. ४ मा २६ मध्ये ७ वटा सम्पन्न, वार्ड नं. ५ मा २० वटा मध्ये ४ वटा सम्पन्न र वार्ड नं. ६ मा १४ मध्ये ४ वटा सम्पन्न भएकाे छ ।
त्यसैगरी गत तथा विगत आर्थिक वर्षकाे सुरक्षित आवास कार्यक्रमहरू पनि धेरैजसाे सम्झाैता भई सम्पन्न भएपनि भुत्तानी लिन बाँकी रहेकाे छ ।

शुभकामना मन्तव्य दिने क्रममा वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले भाैगाेलिकरूपमा वार्ड नं. १ अति विकट र नदि नालाले गाँजिएकाे वार्ड भएपनि वजेट विनियाेजनमा गाउँपालिकाले कञ्जुश्याई गरेकाे आराेप थियाे । गएकाे वर्षातमा खाेलाकाे बाढीले वार्ड नं. १ का जनताकाे धानबालीमा पुर्याएकाे क्षतिकाे सम्बाेधन नभईरहेकाे अवस्थामा गाउँपालिकाले वार्ड नं. १ लाई विशेषरूपमा वजेट विनियाेजन गर्नेु पर्ने अध्यक्ष राजवंशीकाे जाेड थियाे ।
वार्ड नं. २ का अध्यक्ष अघनु प्रसाद राजवंशीले साविक काेराेवारी गाविस पुरै हाल वार्ड नं. २ रहेकाे बताउँदै भुगाेल र जनसंख्याकाे अाधारमा गाउँपालिकाले वजेट विनियाेजन गर्ने भने पनि त्यस अनुरूप नगरेकाे आराेप थियाे ।
वार्ड नं. ३ का अध्यक्ष मखना महताेले सिमित स्राेत साधनकाे बाबजुद गाउँपालिकाले उल्लेख्य रूपमा विकास निर्माणका कार्य गरेकाे बताए । उनले भाैतिक विकास निर्माणलगायत अन्य धेरै कामहरू वार्ड नं. ३ ले गरेकाेले वार्ड नं. ३ लाई नमुना वार्डकाे रूपमा घाेषणा गर्नु पर्ने माग गरेका थिए ।
वार्ड नं. ४ का अध्यक्ष कुल प्रसाद गिरीले अन्य वार्ड जस्ताे आफ्नाे वार्डमा एउटा बाटाे पनि कालाे पत्रे नभएकाे गुनासाे गर्दै त्यसका लागि गाउँपालिकाले आवश्यक वजेट विनियाेजन गर्न माग गरेका थिए । विकास निर्माण लगायत अन्य कार्यहरू तुलनात्मक रूपमा वार्ड नं. ३ र ६ मा बढी भएकाेले आफ्नाे वार्डमा विशेष ध्यान दिन उनकाे भनाई थियाे । वार्ड नं. ५ का अध्यक्ष विजय प्रसाद गन्गाईले गाैरीगंज गाउँपालिकामा अधिकांश आदिवासीहरूकाे बसाेवास रहेकाे र उनीहरूकाे अायअार्जनकाे मुख्यरूपमा कृषि पेशा नै भएपनि गाउँपालिकाले कृषि क्षेत्रमा लगानी गर्न नसकेकाे बताए । उनले २/३ विघा जग्गाजमिन भएकाे कृषक भन्दा एउटा सानाे पान बेच्ने व्यवसायीले राम्राेसंग जिविका चलाउन सक्ने दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष गन्गाईले कृषि क्षेत्रमा लगानी गर्न विशेष ध्यान दिनु पर्ने बताए । वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादवले वार्ड र गाउँपालिकाकाे काम गर्ने क्रममा आफुबाट भएकाे कमी कमजाेरीलाई सुधार गर्दै कसैकाे चित्त दुख्ने काम मबाट भए आजबाट बिर्सिदिन आग्रह गरेका थिए । कार्यक्रममा प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठ, कार्यपालिका सदस्य राधा अधिकारी, वार्ड नं. ६ का वडा सदस्य उदिमकुमार राई, गाउँपालिकाका प्रशासन अधिकृत विरेन्द्र खड्कालगायतले बाेलेका थिए । गाउँसभाकाे दाेस्राे सेसन बन्द सत्र रहने छ । गाउँपालिकाले माघ २१ गतेलाई बन्द सत्र हुने जनाएकाे छ । बन्द सत्रमा चालु अार्थिक वर्षकाे याेजना, बजेट तथा कार्यक्रम संशाेधन, स्वीकृत अवण्डा याेजना शिर्षककाे कार्यक्रम, याेजना तथा कार्यक्रमकाे प्रगति समिक्षा प्रतिवेदन र मलेप बेरूजु तथा समपरिक्षकलगायतका विषयमा छलफल हुने जनाईएकाे छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ३८ बजे