४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंंज – १ का २२८ विपन्न परिवारलाई वडाले दियो न्यानो सिरक




महाभारा३०, पुुुस/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को वडा कार्यालयले वडाका विपन्न २२८ परिवारलाई जाडो छल्न सहयोग पुरयाउने उद्धेश्यले न्यानो सिरक वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित जनप्रतिनिधिहरुले लक्षित वर्गलाई ति सिरक हस्तान्तरण गरेका हुन ।
वडाध्यक्ष राजवंशीका अनुसार यसअघि स्थानीय तहबाट प्रदान गरिएका सहयोग तथा अनुदान सम्बन्धिको कार्यक्रममा नपरेका, विपन्न तथा असहाय वर्गलाई लक्षित गरेर प्रति परिवार एक÷एक वटा फाइबरका सिरक वितरण गरिएको हो । सो अवसरमा वडाध्यक्ष राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, टंक श्रेष्ठ, जानुका गौतम र सुनिता पासवान लगायतले सिरक हस्तान्तरण गरेका थिए । स्थानीय सरकार नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने पहिलो दायित्व भएको सरकार भएकाले लक्षित वर्गलाई जाडोमा उपयोगी हुने सिरक वितरण गरिएको बताइएको छ । सिरक वितरणका लागि साविक महाभाराका ९ वटै वडाबाट लक्षित वर्गको पहिचान गरिएको वडाध्यक्ष राजवंशीले बताए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ३८ बजे