गाैरीगंज २७, पुस /
झापामा डिसीएमसीको बैठकले जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुस २७ गतेदेखि माघ १४ गते सम्म सबै विद्यालय बन्द गर्न अनुरोध गर्ने र विद्यार्थीलाई खोपको व्यवस्था गर्ने निर्णय गरेकाे हाे । आज सम्पन्न बैठकले जिल्लामा २५ जना बढी भेला भएर सभा जुलुस गर्न नपाइने निर्णय गरेको छ । सरकारी सेवा लिनका लागि अनिवार्य खोप कार्ड लागू गरिने, नेपाल प्रवेश गर्ने सबैलाई एन्टीजेन परिक्षण गरिने भएको छ । यसै गरि जिल्लामा सञ्चालित होल्डिड सेन्टर, आइसोलेसनलाई पुन सञ्चालन गर्ने निर्णय गरिएको छ ।
२७ पुस २०७८, मंगलबार
0
Shares