४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकै पुरानाे ऐतिहासिक मन्दिर दन्तकालीकाे साधारणसभा सम्पन्न, व्यवस्थापन समितिकाे कार्यकाल ४ बर्षकाे हुने



गाैरीगंज १५, असाेज / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।
साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा ४ लाख ११ हजार ३ सय १९ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि २ हजार ७ सय ३७ रूपैयाँ बैंक माैज्दात रहेकाे जानकारी गराएका थिए ।
वार्ड नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मखना महताेले साधारणसभाकाेे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयाेग सदैव गर्ने बताए ।

  कार्यकालकाे पहिलाे वर्षमा १ लाख, दाेस्राे वर्ष २ लाख, तेस्रो वर्ष ३ लाख ५० र चाैथाे वर्षमा ३ लाख ५० र चालु आर्थिक वर्षमा ५ लाख गरी जम्मा १५ लाख रूपैयाँ मन्दिर निर्माणमा वार्ड कार्यालयले बजेट विनियोजन गरेकाे वडा अध्यक्ष महताेले बताए । मन्दिरका लागि भजन किर्तन हल, हवन गृह निर्माण, वाद वादन सामग्री खरिदमा पनि आवश्यक सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।
त्यस अवसरमा मन्दिरकाे टायल ओछ्याउने कार्य कुशलता पुर्वक सम्पन्न भईसकेकाे छ । व्यवस्थापन समितिकाे कार्यकाल २ वर्ष सकिएपनि पुन देवी प्रसाद राजवंशीकाे अध्यक्षतामा रहेकाे समितिलाई नै निरन्तरता दिने गरि ४ वर्ष कार्यकाल रहने विधान संसाेधन गर्ने निर्णय गरेकाे छ ।

साबिकको गौरीगञ्ज वडा नं. ५ र केहि अन्य वडाका जग्गाहरु श्री दन्तकाली मन्दिर गुठी बिजयपुर धरानको नाममा श्रेस्ता कायम रहेको र सो जग्गाका उल्लेखित वडाका रैतिहरुबाट मालपोत बर्षेनी गुठियारहरुबाट यसै गौरीगंज गाबिस वडा नं. ५ मै बसी वसुल उपर गर्ने गरेकोमा सोहि मन्दिरको सम्झना स्वरुप २०११ सालमा यस मन्दिरको स्थापना भएको थियो ।
लामो समयसम्म परालको छाप्रोमा सिमित यस मन्दिरलाइ २०५८ सालमा तत्कालिन गाबिस अध्यक्ष देवी प्रसाद राजवंशीको अगुवाइमा हरिलाल राजवंशीको अध्यक्षतामा समिति बनाइ जिर्नोद्वार गरिएको थियो भने ३०६५ सालमा सो समिति बवगठन गरि मखना महतोको अध्यक्षतामा नया समिती बनाइएको थियो । यही नयाँ समितिले २०६८ सालमा धान्याञ्चल महापुरानको आयोजना गरि करिव १३ लाख रुपैया आर्थिक संकलन गरेका थिए । सो रकमबाट हाल आधुनिक डिजाइनको मन्दिर निर्माण गरिएको छ ।
२०६९ साल भदौ ११ गते जिप्रका झापामा सँस्थाका रुपमा दर्ता भएको थियाे ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ४१ बजे