९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

घरेलु मदिरा नष्ट




गौरीगंज ११, भदाैै /ईलाका प्रहरी कार्यलय गौरीगंजले गौरीगंज क्षेत्रबाट विभिन्न समयमा बरामद गरेकाे घरेलु मदिरा नष्ट गरेकाे छ।
प्रहरीले गौरीगंज क्षेत्रमा गस्तीका क्रममा विभिन्न समयमा बरामद गरेकाे ३ सय १० लिटर घरेलु मदिरा स्थानीय बासि, आन्तरिक राजस्व कार्यलयका प्रतिनिधि र पत्रकारको राेहवरमा डिस्पाेज गरेकाे छ।

गौरीगंज आसपासका बजार तथा नेपाल तर्फबाट भारतका विभिन्न बजारहरुमा जर्किनमा राखेर घरेलु मदिरा लादै गरेकाे अवस्थामा प्रहरीले बरामद गरेकाे थियाे। नेपालका बजारबाट अबैध रुपमा लुकाई छिपाई भारतीय बजार तर्फ लादै गरेकाे २४ जर्किन घरेलु मदिरा बरामद गरेकाे थियाे। ईलाका प्रहरी कार्यलय गौरीगंजकाे परिसरमा डिस्पाेज गर्न सहभागी भएका प्रतिनिधिहरुलाई बरामद गरिएकाे घरेलु मदिराकाे बारेमा जानकारी गराई मुचुल्का उठाएर डिस्पाेज गरिएकाे ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख राकेश रेग्मीले जानकारी गराए।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  २ : ४६ बजे