गाैरीगंज ९, जेठ /
राष्ट्रपति विद्यादेवी भण्डारीकाे संसद विघटनकाे असंवैधानिक कदम विरूद्व गौरादहमा नेबि संघले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ गौरादह नगर समितिको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको बिरोध गर्दै आज साझ मसाल जुलुस प्रदर्शन गरेको हो ।
बजारको मध्यभागबाट निस्किएको मसाल जुलुस सहितको र्यालीमा विद्यार्थीहरूले नाराबाजी समेत गरेका थिए ।
जुलुस पश्चात् बिरोध प्रदर्शन स्वरुप गौरादहको डिपुचोकमा बिरोध जनाउदै विद्यार्थीहरूले नारावाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनकाे कदम खारेज गर्नुपर्ने माग गरेका थिए ।
नेपाल विद्यार्थी संघ गाैरादह नगर सभापति बाबुराम नेपालको नेतृत्वमा निकालिएको बिरोध जुलुसमा प्रदर्शनकारीलाई ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएकाे टोलीले हस्तक्षेेप गरेको थियो ।
९ जेष्ठ २०७८, आइतबार
0
Shares