४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद


६ माघ २०७७, मंगलबार  

0
Shares

काठमाडौं ६, माघ /  नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड-माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ । मंगलबार नै प्रदेशसभामा कांग्रेस संसदीय दलको बैठक पनि बसेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ४० बजे