३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेपाल र भारतकाेे सिमामा प्रहरीकाे कडा निगरानी, भाेली विहारमा विहान ७ बजेदेखि मतदान शुरू


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares

नेपाल र भारतका सुरक्षाकर्मीहरूले सीमामा संयुक्तरूपमा गस्ती गर्दै । फाटाे:  आत्माराम राजवंशी 

गाैरीगंज २१, कार्तिक / भारतकाे विहारमा भाेली तेस्राे चरणकाे विधानसभा निर्वाचन हुँदैछ ।
तेस्रो चरणको निर्वाचन अन्तर्गत हुने भाेलीकाे निर्वाचन (नोभेम्बर ७ तारिख) विहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ ।
विधानसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल र भारत दुवै देशका सुरक्षा अधिकारीले संयुक्तरूपमा सीमामा कडा निगरानी बढाएका छन् । सीमा क्षेत्रमा अपाराधिक गतिविधि हुन नदिन भारतीय सुरक्षाकर्मी एसएसबी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल गाैरीगंजकाे टाेलीले संयुक्तरूपमा गस्ती गरिरहेका छन् । गाैरीगंज गाउँपालिकाकाे फत्तेपुर नाका, बार्हसुद्ददी, चिल्हारा र सतारवस्ती क्षेत्रमा भारत र नेपालका सुरक्षाकर्मीहरूले संयुक्तरूपमा गस्ती गरिरहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

तेस्रो चरणको निर्वाचनबाट विहारकाे १५ वटा जिल्लाकाे विधान सभाका ७८ सदस्य छानिने छन्।
७८ वटा मध्ये ४ वटा विधानसभा क्षेत्रमा विहान ७ बजेदेखि साँझ ४ बजेसम्ममात्र मतदान हुने भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

तेस्राे चरणकाे ७८ सिटका लागि १२०४ जना चुनावी मैदानमा छन् । याे चरणमा १०९४ पुरूष र ११० जना महिला उम्मेदवार छन् ।

विधानसभा अध्यक्ष विजय कुमार चौधरी, मंत्री विजेंद्र प्रसाद यादव, विनोद नारायण झा, रमेश ऋषिदेव, नरेंद्र नारायण यादव, बीमा भारती, लक्ष्मेश्वर राय, खुर्शीद उफ फिरोज अहमद, वीआईपीका अध्यक्ष मुकेश सहनी, पूर्व मंत्री अब्दुल जलील मस्तान, शरद यादवकि पुत्री सुभाषिनी यादव, पूर्व मंत्री चंद्रशेखर, पूर्व सांसद लवली आनंद, अब्दुलबारी सिद्दिकी, शिवचंद्र राम, रमई राम सहित अन्य प्रमुख नेताहरूकाे भाग्यकाे फैसला हुदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : १३ बजे