४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कुलदीप राजवंशी प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित, कार्यक्रममा कविता संग्रह ‘तित्रिझुक’ विमाेचन


४ माघ २०७७, आइतबार  

0
Shares

तस्वीरहरू:हेमन्त राजवंशी 

कनकाई ४ , माघ /  स्रष्टा सम्मान र कृति विमोचन गरी कुलदीप राजवंशी स्मृति प्रतिष्ठानले आफ्नो १० औं स्थापना दिवस मनाएको छ ।
कनकाई नगरपालिका ९ स्थित प्रतिष्ठानले वरिष्ठ संगीतकार बलराम राजवंशी र ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सरोजा खड्गीलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य धर्मशीला चापागाईले दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।


सोही अवसरमा लखनलाल राजवंशीको राजवंशी भाषामा रचित कविता संग्रह ‘ तित्रिझुक’को विमोचन गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष जलेश्वरी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापा , साहित्यकार केशव आचार्यलगायतले बोलेका थिए ।



कार्यक्रममा सम्मानित व्यक्तित्व बलराम राजवंशी ,प्रजेश राजवंशी , आकृति राजवंशी र प्रकृति राजवंशीले गीत प्रसतुत गरेका थिए भने कुसुम राजवंशीले नृत्य गरेकी थिइन् । त्यस्तै दयानन्द गोस्वामी र करमचन्द राजवंशीले कविता वाचन गरेका थिए । पवन राजवंशीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत अरुण राजवंशी र संचालन अर्जुन राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १२ : ३४ बजे