४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह -७ मा संघ र प्रदेशकाे डेढ कराेड भन्दा बढी बजेट


१५ पुस २०७७, बुधबार  

0
Shares

 


गाैरादह १५, पुस / गाैरादह नगरपालिका वार्ड नं. ७ मा डेढ कराेड भन्दा बढी बजेट परेकाे छ ।
वार्ड नं. ७ मा संघ र प्रदेशबाट आर्थिक वर्ष २०७७/७८ का लागि १ कराेड ९० लाख ९६ हजार रूपैयाँ वजेट विनियाेजन भएकाे हाे ।
वार्ड नं. ७ का वडा अध्यक्ष बलराम खरेलका अनुसार गाैरादह नगरपालिका वार्ड नं. ७ र वार्ड नं. ९ जाेड्ने झाेलुङ्गे पुल निर्माणका लागि ९१ लाख रूपैयाँ प्रदेशबाट विनियोजन भएकाे छ । त्यसैगरी गुवालडुब्बा बजारस्थित राजकुमार अधिकारीकाे पसलदेखि बैगुनधुरा जाने बाटाे ढलसहितकाे पिच बाटाे निर्माणका लागि सहरी विकास अायाेजनाबाट ५० लाख, सिचांई डिभिजन कार्यालय भद्रपुरमार्फत प्रदेश सरकारबाट तल्लाे र माथिल्लाे रामचन्द्रे सिंचाईका लागि प्रदेश सरकारबाट १४ लाख, प्रधानमन्त्री क्षेत्र विकास काेषबाट जनता आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि ३ वटा घर २६ लाख, प्रदेश सरकारले सहरी विकासमार्फत विपन्नका लागि ३ घर ९ लाख ९६ हजार बजेट विनियोजन भएकाे वार्ड अध्यक्ष खरेलले जानकारी दिएका छन् ।

वार्डकाे वृहत्तर विकासका लागि वार्ड कार्यालयले अार्थिक वर्ष २०७७/७८ मा सडक विस्तारसंगै लक्षित बर्गकाे उत्थान र क्षमता विकासमा अधिकत्तर वजेट छुट्याएकाे वार्ड अध्यक्ष खरेलले बताए ।
वार्ड नं. ७ का लागि अार्थिक वर्ष २०७७/७८ का लागि वडा स्तरिय याेजनाहरूका लागि १ कराेड २० लाख रूपैयाँ बजेट विनियाेजन गरिएकाे छ । सडक कालाेपत्रे तथा कल्भर्ट निर्माण, लक्षित समुदायकाे लागि स्वास्थ्य विमा, लक्षित तथा विपन्न परिवारलाई न्यानाे कपडा, खानेपानी मिटर वितरण, अायअार्जन, लक्षित समुदायका लागि सिममुलक तालिम, सडकवत्ती जडान, वडावासीहरूकाे लागि वाईफाई जडान, कृषि औजार खरिद, नश्न सुधारलगायतका शिर्षकमा वजेट विनियाेजन भएकाे छ ।

नगरस्तरिय वजेट अन्तर्गत वार्ड नं. ७ मा ग्वालडुब्बा बजार दुर्गा मन्दिर दक्षिण पार्क निर्माणका लागि १० लाख, ग्वालडुब्बा बजार सार्वजनिक शाैचालय निर्माणका लागि ५ लाख, स्वास्थ चाैकी हुँदै सामुदायिक भवन पश्चिम जाने सडक ग्राभेल ८ लाख, गाैरी गंगाघाट निर्माण ५ लाख, कृष्णी खाेला घाट निर्माण ७ लाख, मदन आश्रित वाचनालय निर्माण १० लाख रूपैयाँ बजेट विनियाेजन भएकाे वार्ड सचिव अाेम तिवारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २७ बजे