४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ब्राउनसुगरसहित एक जना भारतीय विर्तामोडबाट पक्राउ


२२ आश्विन २०७७, बिहिबार  

0
Shares

गाैरीगंज २२, असाेज / विर्तामोड नगरपालिका वार्ड नं. ३ सैनिकमाेडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीयलाई पक्राउ गरेकाे छ ।

प्रहरीले भारत घर भई विर्तामोड नगरपालिका वार्ड नं. ९ नरियावारीमा डेरा गरि बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजाे बुधबार साझ ६ बजे पक्राउ गरेकाे हाे ।

विर्तावजार चाैकीबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

पक्राउ परेका भारतिय नागरिक रायमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : ४८ बजे