३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अमूर्त सस्कृति सम्वन्धी दुई दिने प्रशिक्षण


१२ असार २०७३, आइतबार  

0
Shares

विर्तामोड १11२,असार/  अमूर्त सस्कृति सम्वन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आज वाट झापाको विर्तामोडमा शुरु भएको छ । मिडिया नेपाल झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल ललितपुरको सहयोगमा आयोजीत तालीमको, कार्यक्रमका प्रमुख अथिती एवं राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले उद्घाटन गर्नुभयो ।

मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईको अध्यक्षतामा आयोजीत प्रशिक्षण उद्घाटन कार्यक्रममा स्वागत मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष ईन्द्रसिंह राजवंशीले गर्नुभएको थियो ।

कार्यक्रममा राप्रपा नेपालका झापा अध्यक्ष अम्वर विष्ट, नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, नेपाल आदिवासी जनजाति महासंघ झापाका जिल्ला सदस्य भरत कुमार श्रेष्ठ, नगर समन्वय परिषद विर्तामोडका अध्यक्ष पदम तामाङ्ग, नेपाली कंग्रेस विर्तामोडका नगर सभापती भोजराज सिटौला, नेकपा माआवादी केन्द्र विर्तामोडका ईन्चार्ज अरुण कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य रमख्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण मेची वहुमुखी क्याम्पस भद्रपुरका प्रध्यापकहरु भिम ईजम र डम्वर रेग्मीले सहजीकरण गरीरहनु भएको छ । आदिवासी जनजाति समुदायका ५० भन्दा वढीको सहभागीता रहेको कार्यक्रमको संचालन मिडिया नेपालकी केन्द्रिय सदस्य लिला अनमोलले  गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ असार २०७३, आइतबार  १२ : ४८ बजे