२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

ईलाका प्रशासन कार्यालय गाैरीगंजकाे प्रमुखमा गाैरीगंजकै धनन्ञ्य साह आउदै


२० भदौ २०७७, शनिबार  

0
Shares

 

गाैरीगंज २०, भदाै /  झापाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेकाे ईलाका प्रशासन कार्यालय गाैरीगंजकाे नयाँ कार्यालय प्रमुखकाे रूपमा धनन्ञ्य साह आउने भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी घर भएका साह हालै सरुवा भएका राजु दाहालको स्थानमा कार्यालय प्रमुखको रुपमा भाेली आईतवार हाजिर भई पदभार सम्हाल्दै छन् ।

यसअघि सम्पति शुद्विकरण अनुसन्धान विभाग पुल्चाेक, सुचना तथा संचार मंत्रालय, राष्ट्रिय याेजना आयाेग, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झापाकाे बुद्वशान्ति गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा अनुभव बटुलिईसकेका साह अमेरिका, चीन, काेरिया र भारतबाट सुचना तथा संचार प्रविधि अन्तर्गत स्थानिय विकास सीप सम्वन्धि तालिम लिईसकेका छन् । उनी दक्षिण काेरियाबाट अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर उतिर्ण गरिसकेका छन् । वहाँलाई काेचिला न्युज अनलाईनकाे तर्फबाट सफल कार्यकालकाे लागि हार्दिक शुभकामना ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  २ : ३६ बजे