६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गौरीगंज–२ अन्तर्गतका बाघाचौधरी र टटुवामारी बजार पनि बन्द रहने


२४ श्रावण २०७७, शनिबार  

0
Shares

ggg
गौरीगंज २४, साउन/ गौरीगंज गाउँपालिका वार्ड नं. २ अन्तर्गत साप्ताहिकरुपमा लाग्ने बाघाहाचौधरी र कटुवामारी बजार पुर्णरुपमा बन्द राख्ने निर्णय गरेको छ ।
वार्डका जनप्रनिधि, व्यवसायी, स्थानिय प्रहरी र सर्वसाधारणको संयुक्त रुपमा बसेको बैठकले शनिवार (आज) घनीभूत छलफल गरी आइतवार र विहिवार लाग्ने बाघाहाचौधरी बजार तथा मंगलवार र शुक्रवार लाग्ने टटुवामारी बजार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

उक्त बजारहरु स्थानीयरुपमा लाग्ने दिनबाहेक अन्य दिनमा भने अत्यावश्यक खाद्यान्न सामाग्री, औषधिका लागि मात्र विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र खुल्ला रहने जनाइएको छ । बजारमा किनमेल गर्न आउदा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउन, व्यवसायीहरुले सेनिटाइजर अनिवार्य प्रयोग गर्ने वडा कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको महामारी दिनानुदिन फैलिइरहेको अवस्थामा बजारको भीडबाडले जोखिम निम्तिन सक्ने भन्दै बजार बन्द गर्ने निर्णय गरेको वार्ड नंं. २ का वडा अध्यक्ष अघनु प्रसाद राजवंशीले जानकारी गराएका छन् । वार्ड नं. २ कै मुख्य बजारमध्ये बघाहाचौधरी रटटुवामारी बजार रहेको र उक्त स्थानिय बजारहरुमा साप्ताहिकरुपमा मेलापात गर्नेको भीडभाड अत्यन्तै हुने गरेकोले अर्को सुचना नआउञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ ।

भेलामा वार्ड नं. २ का वडा अध्यक्ष अघनु राजवंशी, वडा सदस्यहरु, अरुण राजवंशी, नेत्र राजवंशी, जेठा मुर्मू, स्थानिय प्रहरी, व्यवसायीलगायत सर्वसाधारणको सहभागिता थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : ०९ बजे