५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज -१ रंगियाँथानमा जनप्रतिनिधिसहित प्राविधिक टाेलीद्वारा ५८ विघा धानबाली नष्ट भएकाे तथ्यांक संकलन


१४ श्रावण २०७७, बुधबार  

0
Shares

ab1

गौरीगंज १४, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीमा अाएकाे बाढीले तटबन्द टुट्दा ५८ विघा धानवाली नष्ट भएकाे तथ्यांक संकलन गरेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी र गाैरीगंज गाउँपालिकाका कृषि प्राविधिक नवराज सुवेदीलगायतकाे टाेलीले तटबन्ध टुट्दा भएकाे डुवान र कटान क्षेत्रकाे स्थलगत निरिक्षण गरि तथ्यांक संकलन गरेकाे हाे ।

received_576374293004159

received_1155160414860714
टाेलीले कटान क्षेत्रकाे निरीक्षण गरी २६ जना कृषकहरूकाे धानबाली नष्ट भएकाे तथ्यांक संकलन गरेकाे छ । उत्त कृषकहरूकाे नामावलीसहित नष्ट भएकाे धानबालीकाे तथ्यांक जिल्ला स्थित कृषि ज्ञान केन्द्र झापा पठाईने जनाईएकाे छ ।
केहीदिन अघिकाे अविरल बर्षाले कन्काई नदीमा आएकाे बाढीले तटबन्ध टुट्दा होकलबाडीका २९ घर अहिलेसम्म डुबानमै छन् । रंगियाथान र विश्वाडुब्बा बीच करिब २५० मिटर बाँध टुटेको हो ।
खोलाको बाढीले कृषकहरुको ५८ औं विघा धानखेती नष्ट भएको छ भने ११ घर परिवार पुर्ण विस्थापित भएका छन् । विस्थापित परिवार र उनीहरूकाे सरसमान त्यहाँ स्थित इन्द्रेणी प्राथमिक विद्यालयमा सारिएकाे वडा अध्यक्ष राजवंशीले बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ०५ बजे