८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

काेचिला प्रदेश नामाकरण गर्नुपर्ने मागसहित काेचहरू पुनः संगठित हुँदै


१० श्रावण २०७७, शनिबार  

0
Shares

20200725_212850
बिर्तामोड १० , साउन / लगभग सुस्ताइसकेको कोच आन्दोलनलाई कोच अगुवाहरुले पुनर्जीवन दिने भएका छन् ।

छिन्नभिन्न भएर असफल बनिसकेको कोच आन्दोलनको खाँचो उनीहरुले फेरि महसुस गरेका हुन् । त्यही भएर शनिबार झापाको बिर्तामोडमा कोचहरुले बृहत छलफलको आयोजना गरे ।
कोचिला संघर्ष समितिले आयोजना गरेको छलफलमा सहभागी अधिकांशले हराइसकेको कोचिला आन्दोलनलाई पुनर्जीवन दिनु पर्नेमा जोड दिएका थिए । राज्यको नामाकरणको सवालमा १ नं प्रदेशलाई कोचिला प्रदेश राखिनु पर्छ भन्ने मागसहितको आन्दोलनका लागि कोचहरु पुनः संगठित बनेका हुन् । कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा कोचिला राष्ट्रिय मुक्ति मोर्चाका निवर्तमान केन्द्रीय अध्यक्ष पुर्णसिंह राजवंशी रहेका थिए । कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी, जिल्ला अध्यक्षहरु पुकार राजवंशी, मनोज राजवंशी , सोही जातीय संस्थाका पानीलाल राजवंशी , कुवेर राजवंशी, पर्शुराम राजवंशी,तुलाराम राजवंशी, लखनलाल राजवंशी , कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी , कोचिला एकता मोर्चाका दिनेश राजवंशी,हल्दिबारी गाउँपालिकाका वडा सदस्य खगेन राजवंशी, राजवंशी महिला समाजका सनम राजवंशी , रुपा राजवंशी , शर्मिला राजवंशीलगायतले विगतको कोच आन्दोलनको समीक्षा गरेर अगाडि बढ्न सुझाव दिएका थिए । सन्तोष राजवंशीले स्वागत गरेको कार्यक्रमको उद्धेश्यमाथि कृति राजवंशीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन भरत राजवंशीले गरेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध झापा र मोरङका कोच समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । पूर्वी नेपालको झापा ,मोरङ र सुनसरीलाई कोचिला राज्य घोषणा गरिनु पर्ने मागसहित कोचहरु लामो समयदेखि संघर्षरत रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४९ बजे