६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

दुःखमा पुग्यो सहारा


३० असार २०७७, मंगलबार  

0
Shares

sahara

गौरीगंज ३०, असार / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्यलाई मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद रु ३० हजार हस्तान्तरण गरेको छ ।
सहारा नेपाल गौरीगंजले गाउँपालिका वार्ड नं. ३ पेट्रोल पम्प उत्तर घर भएकी आरती कुमारी कमारलाई उक्त रकम आज हस्तान्तरण गरेको हो । उनकी श्रीमान देवी प्रसाद यादवको यहि असार २१ गते निधन भएको थियो । दुःखमा पुग्यो सहारा भन्ने सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले पिडित परिवारलाई आर्थिक सहयोग गरेको सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीले बताए । सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजका प्रमुख धर्मराज अधिकारी र उपसमिति सदस्य देवीमाया खतिवडाले संयुक्तरुपमा उक्त रकम पिडित परिवारलाई हस्तान्तरण गरेको थियो । संस्थाका कर्मचारी सुभाष झा, तोगिन्द्र प्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ०४ बजे