८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची सार्वजनिक


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares

Nepal-Embassy-Doha-Qatar

कतार ३१, जेठ  /  कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ ।

त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ ।

अनलाइन खबरबाट

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : १३ बजे