६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

६५ संस्था तथा अभियानीको संयुक्त विज्ञप्ति- संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ



६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न उनीहरूले अपिल गरेका हुन्।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेनजी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

अहिलेको अवस्थामा वार्ता संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्ने पनि अनुरोध गरिएको छ। त्यसैगरी राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने र अन्तर्राष्ट्रिय हस्तक्षेप हुनेमा सचेत रहन पनि ध्यानाकर्षण गरिएको छ।

विज्ञप्ति:

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : ४२ बजे