२३ भदौ २०८२, सोमबार | Mon Sep 8 2025

जेनजीको गौरीगंजमा पनि प्रदर्शन



गौरीगंज २३, भदौ / जेनजी समुहले आज गौरीगंजमा प्रदर्शन गरेका छन् । गौरीगंज चौकमा साझ ५ बजे उनीहरुले प्रदर्शन गरेका हुन् । भ्रष्ट सरकार मुर्दावाद, जेनजी जिन्दावादको नारा लगाउँदै शंख समेत फुकेका थिए । करिब ५० जना भन्दा बढीको युवा जेनजीहरुले सरकारप्रति आक्रोश पोख्दै सामाजिक सञ्जाल फेसबुक, ट्वेटरलगायतका सामाजिक सञ्जालहरु खोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ५३ बजे