३० असार २०८२, सोमबार | Tue Jul 15 2025

झापाको गौरीगञ्जमा जन्ती बोकेको बस दुर्घटना, सबैको अवस्था सामान्य (घाइतेहरुको नामावलीसहित)



गौरीगंज ३०, असार / झापाको गौरीगञ्जमा जन्ती जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आज राति ८ः५० बजेको समयमा गौरीगञ्ज गाउँपालिका ४ नयाँवजारस्थित गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती बोकेर जाँदै गरेको प्र १–०१– ००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

दुर्घटनामा परेको बस सनसाइन इङ्गिलस स्कुलको रहेको छ । बसमा सवार ३० देखि ३५ जन्तीमध्ये भएका ८ जना लाई गौरीगंज आधारभुत अस्पताल अन्य ८ जना घाइतेहरुको B&C अस्पताल विर्तामोड उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक भुवन खड्काले जनाएको छ ।

निम्न घाईतेहरुः-
१) जिल्ला मोरङ सुनवर्षी नपा ७ बस्ने वर्ष अन्दाजी ३२ को चन्द्र लाल हजाम टाँउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचार भइरहेको ।
२) ऐऐ बस्ने वर्ष अन्दाजी १३की सपना ठाकुर घाँटीमा चोट, अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
३) जिल्ला झापा गौरीगंज गा.पा. १ बस्ने वर्ष १७ को समिल राजवंशी घाँटीमा चोट, अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
४) ऐ. २ बस्ने वर्ष अन्दाजी १८को मनिस राजवंशी घाँटीमा चोट अवस्था बोल्न सक्ने, सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
५) ऐ. २ बस्ने वर्ष अन्दाजी १५ को हिमेश हजाम टाँउको र हातमा घाँटीमा चोट अवस्था बोल्न सक्ने ,सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
६) ऐ. २ बस्ने वर्ष अन्दाजी २५ कि सिमा ठाकुर टाँउको र छातीमा चोट अवस्था बोल्न सक्ने, सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
७) ऐ. ५ बस्ने वर्ष अन्दाजी २४ को अजय ठाकुर घाँटीमा घाँटीमा चोट अवस्था बोल्न सक्ने, सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
८) जिल्ला मोरङ रतुवामाई नपा २ बस्ने वर्ष १५ कि उषा कुमारी हजाम दाहिने हात र घाँटीमा चोट अवस्था बोल्न सक्ने, सामान्य गौरीगंज आधारभुत अस्पतालमा उपचारभइ रहेको ।
९) जिल्ला झापा गौरिगंज गा.पा. २ बस्ने वर्ष ४४ को जगत नारायण ठाकुर शरिरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको ।
१०) ऐऐ बस्ने वर्ष २२ को अभिशेख राजवंशी शरिरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको
११) ऐऐ बस्ने वर्ष २५ को रुपेस ठाकुर शरिरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइरहेको।
१२) ऐऐ बस्ने वर्ष २९को देव कुमार राजवंशी टाँउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको।
१३) ऐऐ बस्ने वर्ष १६ छितीज ठाकुर दाहिने हातको औँलामा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको।
१४) ऐऐ. बस्ने वर्ष १७ को प्रशान्त राजवंशी टाँउको र दाअने हातमा चोट अवस्था बोल्न सक्ने मध्यमB&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको।
१५) जिल्ला झापा गौरादह न.पा. ८ बस्ने वर्ष २६को बिनोद ठाकुर शरिरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइरहेको ।
१६) देश भारत अररिया जिल्ला बस्ने वर्ष ३० को सचिन ठाकुर अनुहार र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने सामान्य B&C अस्पताल विर्तामोडमा उपचार भइ रहेको ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ११ : ०४ बजे