१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

एसईईमा झापाबाट ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा,असार १४ / २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा झापाबाट ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।देशभर भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । झापामा ३.६० देखि ४ जीपीएसम्म १५२८ जना अर्थात १०.०५ प्रतिशत , ३.२० देखि ३.६० जीपीएसम्म ३४३२ जना अर्थात २२.५८ प्रतिशत ,२.८० देखि ३.२० जीपीएसम्म ३३०५ जना अर्थात २१.७५ प्रतिशत , २.४० देखि २.८० जीपीएसम्म १५८३ जना अर्थात १०.४२ प्रतिशत , २ देखि २.४० जीपीएसम्म १४३ जना अर्थात ०.९४ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै ननग्रेडेड ५२०६ जना अर्थात ३४.२६ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : ३५ बजे