२० जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025

माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा, २२ घर डुबानमा



झापा, जेठ १७ । वर्षा शुरु नहुँदै माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ । गएराति परेको हावासहितको पानीले माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको हो । झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायतका मानव बस्तीमा पानी पसेको हो । त्यहाँ करिव एक फुट पानी पसेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् । घरघरमा पानी पसेपछि मानिसहरु घर छोडेर बाटोमा भेला हुन थालेका छन् ।बाढीले किसानहरुको मकैबालीमा ठूलो क्षति गरेको छ । माई खोलाको बाढी पसेपछि झापा गाउँपालिका वडा नं २ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन् । बाढी घरघरमा पसेपछि स्थानीय मानिस बाटोमा बसेका छन् । जेठा टुडु माइला , सोम बास्की , ताला सोरेन , जेठा टुडु कान्छा , मण्डल टुडु जेठा , सुकदेव टुडु ,मण्डल टुडु कान्छा , कृष्ण टुडु , साईवा टुडु जेठो , जेठा टुडु , साईला टुडु ,गोपाल टुडु कान्छा , काले टुडु , धरमलाल हेमरम , रंजन टुडु , चन्दु सोरेन , गोपाल टुडु जेठो , साईवा टुडु कान्छा , श्याम टुडु ,वुधलाल हास्दा , सुनिराम टुडु , गुणन टुडुलगायतको घरमा डुबान भएको हो । बस्तीबाट खोलाको पानी बगिरहेको छ । https://www.facebook.com/share/v/16Y6NHWDeY/

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  ८ : ३४ बजे