फुईयाको फुरफुर (२०)

सुचना प्रविधिको जमानामा, सुचना सम्प्रेषण गर्ने विधि फेरिँदैछ। उसले समाज हेर्यो, अनि समाजका चलनचल्तीलाई हेर्यो। संघीयता आएसँगै हरेक पालिकामा स्थानीय पत्रपत्रिका देखि अनलाइन समाचारपत्र एबम् म्यागेजिन छ्यापछ्याप्ती देख्यो। आफैंमा लेखक उसले हेर्यो, सबै अनलाइन समाचारपत्रलाई प्रिन्ट समाचारपत्र जस्तो बन्ने दौडले छोएको। उसले प्रसङ्ग झिक्यो, फटाफट प्रकाशन गर्ने हरेक वस्तु। तर सम्पादकसँग तालमेल मिलेन। अनलाइन समाचारपत्रको विशेषता एकै समाचारलाई न्यूनतम एक दिन दुई दिन राख्ने देखेर उ रनभुल्लमा पर्यो। उसले बोल्यो, अनलाईन समाचार मानिसले भोलि बिहान आउने प्रिन्ट समाचार पर्खन नसकेर भएका घटनाक्रम तुरुन्तै बुझ्न पढ्दछन् । त्यसैले अद्यावधिक भइरहनु पर्यो । पाठकले खोजेर पढ्दछन्। उसले साहित्य क्षेत्रमा पनि त्यही देख्यो, अनि बोल्यो, बासी समाचार एबम् सूचना । अहिले मानिसले बिहानको बासी भात त बेलुका खाँदैनन्, समाचार बासी कसरी हेर्लान् त ? की फ्रिज र फ्राई राइसको बहाना बनाउने ? फुईयाको फुरफुर ।
फुईयाको फुरफुर (२१)
विवाहको लागि योग्य उ, छोरी कसरी माग्न जाने त भनेर रनभुल्लमा पर्यो। ऊ विष नखाएका महादेव जस्तै थियो, विष बाहेक भाङ, धतुरो केही नछोड्ने। अब महादेव बाटै पाठ सिकौं भन्ने हेतुले, उ स्वयं आफ्ना दृष्टिलाई यता यता घुमाई सोच्न थाल्यो, को छ त राम्री भनेर। अनि महादेव कै जस्तै स्वयं कन्यार्थि भएर, कन्यादान लिन केटीको घरमा पुग्यो। गफ गाफ हुँदै जाँदा, उसले भन्यो, हेर्नुस् हुने वाला ससुरा बा, तपाईँकी छोरीलाई म हँसाएर राख्छु। दिनमा हुँदा मलाई हेरेर हाँस्छे, रातमा मलाई सपनामा देखेर हाँस्छे। अनि केटीलाई भन्यो, आज बाट अब तिमी मेरो सपनामा आउने गर, म कुम्भकर्ण नभए पनि निकै सुत्दछु।ू उसले हावा गफ गरे पनि उसको गफ बाट उसको बिन्दास प्रविती स्पष्ट झल्कियो। त्यहाँबाट उसका हुने वाला ससुरा बा ले सोधे, के तपाईंको जग्गा जमीन छैन ? उसले छैन भन्यो, ससुरा बा ले पुनः सोधे, के तपाईंको शेयर मार्केटमा शेयर छैन ? उसले पनि छैनको जवाफ दियो। त्यसपछि ससुरा बाले निकै लामो सास फेरेर बोले, तपाईंको कुरा सुन्दा, मेरी छोरीलाई जोगी महादेवले जस्तै कैलाश लाग्नु हुने रहेछ, माफ गर्नुहोला, म तपाईंको ससुरा बा बन्न अयोग्य छु। उसले महादेव बाटै पाठ सिक्न खोजेको थियो अनि इज्जत साथ बोल्यो, तपाईंले ठीक सोच्नु भयो, कैलाश लग्दा महादेव डिस्टर्ब हुन्छन्, अन्य बर खोज्नुहोलाू। फुईयाको फुरफुर ।
आदिवासी समुदायको सुमधुर लोकगीत, मोहन देव ताजपुरिया ज्युको कर्णप्रिय स्वरमा सुमधुर लोकगीत जुन सुन्न विरलै पाइन्छ । पूरा भिडियो युट्युव लिङ्कमा https://youtube.com/@kochilanews3454?sub_confirmations=1 https://youtu.be/FUfjN5bMfng?si=VnUqs0g17KM4xXZm