
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सहायक प्रशिक्षार्थी २५ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना माग गरेको हो ।
बैशाख १७ गते खुला प्रतिस्पर्धाका लागि आह्वान भएको विज्ञापन अनुसार बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको पदपुर्ति समितिका अनुसार १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । महिलाको हकमा उमेरहद ४० वर्ष ताेकिएकाे छ ।
सर्टलिष्टमा परेका आवेदकहरुलाई मात्रै परीक्षामा सहभागित जनाउन पाउनेछन् । आवेदन दिदा शुल्क लाग्दैन, सर्टलिष्ट परेकाहरुका लागि परीक्षा शुल्क ५०० रुपैयाँ ताेकिएकाे छ । प्लस टु पास महिला पुरुषले आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहाेस् ।