विराटनगर / पछिल्लो समयमा राजवंशी भाषामा म्युजिक भिडियो सार्वजनिक गर्ने होडबाजी चलिरहको अबस्थामा सांगीतिक बजारमा चम्किँदै गरेका कलाकार दिनेश राजवंशीको ‘तोर संङे माया’ बोलको म्युजिक भिडियोले निकै चर्चा कमाएको छ ।

राजवंशी भाषाको उक्त बोलको गीतमा दिनेश राजवंशी र सुस्मिता पाण्डेको मुख्य अभिनय रहेको छ भने राष्ट्रिय गायक बलबहादुर राजवंशी र अन्नु चौधरीको सुमधुर स्वर रहेको छ ।
तुलसी राजवंशीको शब्द र बलबहादुर राजवंशीको संगीत रहेको उक्त म्युजिक भिडियोको एरेन्ज सरिता राई र मिक्सिङ्ग चन्द्रा चौधरीले गरेका छन् ।
आर आर म्युजिक प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियोको डाइरेक्सन तथा सम्पादन कार्तिक राजवंशीले गरेका छन् भने क्यामेरामा धिरेन साहले भिडियो सुट गरेका हुन् ।

यस म्यूजिक भिडियोमा मुलघाट, धनकुटा, भेजेटार लगायत सुनसरी जिल्लाको रमणीय स्थल तरहरामा भिडियो सुट गरिएको कलाकार दिनेश राजवंशीले जानकारी गराएका छन् ।
यस म्युजिक भिडियोमा सागर साह ( गुरु ), कार्तिक राजवंशी, अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशी लगायतका कलाकारहरु रहेका छन ।
