
कुमरखोद, चैत २४ । झापा गाउँपालिका वडा नं २ बालुवाटारमा अवस्थित जागेश्वर शिव पाञ्चायन मन्दिर समितिले दुई संचारकर्मीलाई सम्मान गरेको छ । समाजमा संचारमाध्यमवाट योगदान पुर्याएको भन्दै विएम मिडियाका संचालक तथा प्रतिदिन राष्ट्रिय दैनिकका सम्वाददाता वरतलाल राजवंशी र झापा एक्सप्रेसका सम्पादक केशव चापागाँईलाई मन्दिर शिलान्यासको अवसरमा सम्मानपत्रले सम्मान गरिएको हो ।
रामनवमीको अवसरमा जागेश्वर शिव पाञ्चायन मन्दिरको शिलान्यास झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गरेकी छन् । थपलियाले मन्दिर निर्माणको लागि झापा गाउँपालिकाबाट १ लाख रुपैया सहयोग गर्ने आश्वासन दिइन् । उनले मठमन्दिर निर्माणका लागि सदैव झापा गाउँपालिकाले सहयोग गरिरहेको जानकारी दिइन् । त्यसैगरी वडा नं २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाँईले शिव पाञ्चायन मन्दिर निर्माणका लागि वडाको आगामी बजेटबाट २ लाख रुपैया दिने घोषणा गरेका छन् ।
मन्दिर निर्माणका लागि झापा गाउँपालिका वडा नं २ वस्ने समाजसेवी उमेश पराजुलीले ३ कठ्ठा र विर्खवहादुर विष्टले १ कठ्ठा जग्गा दान दिएका थिए । यसैगरी कृष्ण घोर्षानेले मन्दिर परिसरमा राख्नका लागि १ लाख ५० हजार बराबरको त्रिशुल निर्माण गरिदिने भएका छन् भने अक्षयकोष खडा गर्नका लागि भागिरथी उप्रेतीले १ लाख १ हजार १ सय एघार रुपैयाँ दिने भएकी छन् ।
डेम्रा हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष थपलिया , विशिष्ठ अतिथि नेपाली काँग्रेसका क्षेत्रीय सभापति जयनारायण शाह , वडा नं २ का अध्यक्ष चम्लागाँई , न्यायिक समिति सदस्य राजकुमार कोच , विश्व हिन्दु परिषद नेपाल झापा गाउँपालिका अध्यक्ष ज्ञाननाथ उप्रेती , सचिव सूर्यवहादुर भट्टराई , तरुण दल झापा गाउँपालिका अध्यक्ष भुपेन्द्र वस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मोहन शरणले गरेका थिए भने स्वागत मन्तव्य मन्दिर समितिका सचिव भीम घोर्षानेले गरेका थिए ।