१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा विस्फोटक पदार्थ पटाका बरामद



गौरीगंज १५, कार्तिक / शसस्त्र सीमा सुरक्षा प्रहरी वल गौरीगंजको सुरक्षाकर्मीको गस्ती टोलीले गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित हुक्कागाछी चौक पुर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र सीमा प्रहरी बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरेको नेतृत्वमा खटी गएको टोलीले आज विहान करिब ८ बजे ३ लाख मुल्य बराबरको पटका र विडी बरामद गरेको हो ।
प्रहरी टोलीले अवैधरूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा बरामद गरेको थियो । अवैधरूपमा भारतबाट ल्याएको ३ बोरा पटाका र १ बोरा बिडी कोठामा ताल्चा लगाइएको अवस्थामा शसस्त्र प्रहरीको टोलीले सुइको पाएपछि छापा मार्दा उक्त परिणामको पटाका र बिडि फेला पारेको थियो ।
बरामद गरिएको उक्त परिमाणको पटाकालाई जिल्ला स्थित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा नष्ट गरिने सशस्त्र प्रहरीका डिएसपी विष्णहरी घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ३१ बजे