
झापा , चैत १९ । झापा गौरादह नगरपालिका वडा नं –७ जामबारी बस्ने ४४ वर्षीय कृष्णप्रसाद राजवंशीलाई टाउकोमा ढुंगाले हानेर घाइते बनाउने विक्रम शिवा पक्राउ परेका छन् । शिवसतासी नगरपालिका– १० घर भई जामबारीमा डेरामा बस्ने ३६ वर्षीय शिवाले गएराति ११.४५ बजे सामान्य विवाद हुँदा ढुंगाले राजवंशीको टाउकोमा प्रहार गरेका थिए ।
ढुंगा प्रहार गर्ने शिवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ । घाइतेलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा थप उपचारको लागि आज बिहान बीएण्डसी अस्पताल विर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।