९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

गौरीगंज मा.वि.का विद्यार्थीद्वारा भर्मी कम्पोष्ट मल उत्पादन , कृषकलाई उपलब्ध गराउने



गौरीगंज १५, चैत्र/ बाली विज्ञानमा प्राविधिक धार सञ्चालनमा ल्याएर विद्यार्थीहरलाई अध्यापन गराइरहेको गौरिगंज मा.वि.ले आफ्नै विद्यालय परिसरमा भर्मी कम्पोष्ट मल बनाएर स्थानीय कृषकलाई सुलभ दरमा प्रदान गर्ने भएको छ। बाली विज्ञानमा अध्ययनरत विद्यार्थीद्वारा उत्पादन गरिएको उक्त मल विद्यालयले कृषकहरुलाई सर्बसुलभ दरमा उपलब्ध गराउने योजनमा लागेको हो । विद्यालयका प्रधानाध्यपक गोविन्द घिमिरेले विद्यार्थीहरुले सिकेको ज्ञान र सिपबाट बनाएको भर्मी कम्पोष्ट मल कृषकका लागि फाइदाजनक हुने बताए ।

भर्मीकम्पोष्ट मललाई स्थानीय भाषामा गड्यौले मल पनि भनिन्छ। उन्नत जातका गड्यौला ल्याएर, गड्यौलालाई केरालगायत पात पतिंगर खुवाएर उक्त गड्यौलाले गरेको विष्टाबाट वोट बिरुवालाई चाहिने आवश्यक पोषक तत्व पाइने कुरा गँड्यौला मल बनाउने प्रोजेक्टकी सुपरिवेक्षक निशा पराजुलीले बताइन्। गड्यौला मल विद्यार्थी, शिक्षक एबम् विद्यालय प्रशासनको सामूहिक प्रयासबाट सम्भव भएको हो । अर्का सुपरिवेक्षक विशाल मोदीका अनुसार गँड्यौला मल सम्बन्धी एउटा गोष्ठी अथवा कार्यशाला विद्यालय परिसरमा गर्न सक्दा यसको समाजमा सकारात्मक ऊर्जा एबम् कृषि प्रतिको दृष्टिकोण फेरिने बताएका छन् । (समाचार र फोटो शिक्षक अर्जुन दाहालबाट)

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : २८ बजे