शिवशताक्षी १२, चैत / नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो नगर अधिबेशनबाट दुर्गा नेम्बाङ अध्यक्षमा सर्बसम्मत चयन भएका छ्न ।

शनिबार शिवशताक्षीको दुधेमा भएको दोस्रो अधिबेशनले नेम्बाङ सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी नगर कमिटीको उपाध्यक्षमा राजु दर्नाल,कचाली ताजपुरिया र भुवन राई सर्बसम्म्त चयन भएका छन । सचिबमा धनकुमार ढकाल , सह सचिबमा भुवन सेन्दाङ र देबिका खनाल साथै कोषाध्यक्षमा हेम बहादुर कार्की चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसैगरी उक्त अधिबेशनले ४५ जनाको नगर सदस्य समेत चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङ को हुन् ?
झापा जिल्ला शिवसताक्षी नगरपालिका वार्ड नं. १ धरमपुर निवासी दुर्गा नेम्बाङ दुःखीहरूकै सेवा र विकासकै योजनामा घोत्लिरहन्छन ।
कहिले सरसफाई कार्यक्रम त कैले दिनदुःखीको सेवा । कैले वाल सचेतना त कहिले समाजमा बिकृती र कुरुती बिरुद्ध अभियान । यी र यस्तै सामाजिक काममा अहोरात्र खटिन्छन्,उनी । कहिले गाउँटोलका बाटो घाटो त कहिले नदी कटानको समस्या समाधन गर्न तटबन्धनका कुरा, कहिल्यै नथाक्ने, कहिल्यै नबिसाउने अनावरत समाजसेवामा खटिरहने उनै नेम्बाङ माओवादी केन्द्रको माओवादी केन्द्रको शिवसताक्षी नगरपालिकाको अध्यक्षमा निर्वाचित भए ।
समाजमा भएका कुथिती बिकृती समस्याहरुको निराकरण तथा न्यूनिकरणका गर्न खोज्ने र गरिब दुःखीलाई सहयोग गर्न लागि पर्ने नेम्बाङ निस्वार्थ रुपले सेवामुलक रुपमा सक्रिय छन् । चलचित्र र खेलकुद क्षेत्रमा उचिकै रुचि राख्ने नेम्बाङ धेरै चलचित्रमा अभिनय गरिसकेका छन् भने नेपाली तथा लिम्बु भाषाको धेरै चलचित्रहरुको निर्देशनसमेत गरिसकेका छन् । विभिन्न सामाजिक संघ संस्थाको मुख्य भुमिकामा रही काम गरिसकेका उनी पत्रकारिता क्षेत्रमा पनि नौलो मुस्कान मासिक पत्रिकाको प्रकाशक र मधुशाला मासिक पत्रिकाको सह सम्पादकको रुपमा काम गरिसकेका छन् ।