१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

कुलमानलाई हटाएको विरोधमा आन्दोलन शुरु



झापा १२ , चैत / सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने गरेको निर्णयको विरुद्धमा आन्दोलन शुरु भएको छ । यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर समितिले आज साँझ झापाको कन्काईमा विरोध कार्यक्रम गरेको छ भने विर्तामोडमा पनि विरोध सभा भएको छ । । टर्च बालेर सुरुंगा बजार परिक्रमा गर्ने विरोध कार्यक्रम रास्वपाले गरेको हो । उता आज बिहान भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । भोजपुर क्याम्पसका स्ववियु सभापति सोभित तामाङको नेतृत्वमा विद्यार्थीहरुले विरोध र्याली निकालेका थिए ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हिजो साँझ पदबाट हटाउने निर्णय गरेको हो  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ६ : ५५ बजे