११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

खतिवडा दम्पत्तिद्वारा आफ्नो रजत विवाह वर्षगाठ सामाजिक कार्य गरेर मनाए


४ माघ २०७७, आइतबार  

0
Shares

बिर्तामोड ४, माघ / बिर्तामोड–२ का खतिवडा दम्पत्तिले आफ्नो रजत विवाह वर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् ।
  क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधव कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय  उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले आफ्नो रजत विवाह वर्षगाठ कलाकारिता पुरस्कार स्थापना, मृगौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम सहयोग गरेर मनाएका हुन् ।

 बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य  समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधब कल्पित र क्षितिज नाट्य  समूह झापाकी केन्द्रीय  उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले स्व. पिता अविचन्द्र खतिवडा र स्व. माता रत्नकुमारी खतिवडाको स्मृतिमा गठित अवि–रत्न स्मृति प्रतिष्ठानको नाममा स्थापना गरिएको कलाकारिता क्षेत्र पुरस्कारका लागि  ५१ हजार राशीको अक्षयकोष स्थापना गरेको घोषणा गरेका थिए ।

 क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी र विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकोटीलाई खतिवडा दम्पत्तिले कलाकारिता क्षेत्र पुरस्कारको अक्षयकोषका लागि ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
  त्यस्तै सरगम संगीतालय बिर्तामोडले स्थापना गरेको कलाकार कल्याणकारी कोषका लागि खतिवडा दम्पत्तिले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।
 खतिवडा दम्पत्तिले उक्त रकम सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
 
 त्यस्तै खतिवडा दम्पत्तिले बिर्तामोड–४ का मृगौलापीडित वरिष्ठ बाद्यवादक फुर्वा योञ्जनको उपचारका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम खतिवडा दम्पत्तिले साहित्य चौतारी  बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ,  अध्यक्ष हस्त परियार, सहसचिव देवीचरण भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

 आचार्य पण्डित तुलसीप्रसाद नेपालले वैदिक मन्त्रोच्चारण सँगै बेहुला माधब कल्पित र बेहुली सुजना खतिवडालाई बेहुला–बेहुली बस्नका लागि तयारी अवस्थामा राखिएका विशेष साजसज्जा भएका कुर्सीमा राखेका थिए ।
 पण्डित नेपालले दीप, कलश गणेशको पुजन गराउँदै बेहुला माधब कल्पित र बेहुली सुजना खतिवडालाई बिवाहको स्वयम्वर गराउँदै वैवाहिक कार्यक्रममा सहभागी गराएका थिए ।
  वैवाहिक कार्यक्रम अन्तर्गत बेहुला माधब कल्पितले र बेहुली सुजना खतिवडाको सिउँदोमा  सिन्दुर लगाइँदिँदा झापा नाटकघरको हल तालिले गुञ्जीएको थियो ।।

  कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले  रंगकर्मी माधव कल्पितकै रचना रहेको स्वागत गीतले स्वागत गरेका थिए । कार्यक्रममा सांसद विमला विक, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी, अर्जुनधारा–५ का वडाध्यक्ष ध्यानबहादुर भारती, बिर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल, झापाली समाज युएईका अध्यक्ष दुर्गेश सापकोटा, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, उपाध्यक्ष विमला चिमरिया, सह–सचिव देवीचरण भण्डारी, विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, महासचिव प्रशान्त भण्डारी लगायतले वरवधुलाई टीका लगाएर आशीर्वाद दिएका थिए ।
उनीहरुले विवाह वर्षगाठमा सामाजिक कार्य गरेको भन्दै खतिवडा दम्पत्तिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सरगम संगीतालय,  क्षितिज संगीत साधना प्रतिष्ठान लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कलाकार माधव भेटवालले शिव ताण्डव नृत्य र कृष्ण लीला झाँकी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टिकटकका नृत्यकार तथा मोडल सामरिका ढकाल र स्मारिका ढकालले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रथम मिस मेची समिक्षा खतिवडा र मदनआश्रित चुडालले गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : ४३ बजे