१८ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025

नेपाली कांग्रेसको संगठन सुदृढिकरणका लागि गौरादहमा क्षेत्रियस्तरिय अन्तरक्रिया



गौरीगंज ११, चैत / नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनमा संगठन सुदृढिकरणका लागि संगठनको वर्तमान अवस्था, चुनौती र निराकरणका उपाय विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान देबेको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस कोशी प्रदेश संगठन प्रमुख मदन संग्रौलाको सभापतित्वमा आज सम्पन्न भएको हो । गौरादह बीपी स्मृति भवनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका झापा जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि देउमान थेवेले राजनीतिक भनेको निस्वार्थरहित सामाजिक सेवा भएकोले राजनीति, राष्ट्र र जनताप्रति उत्तरदायि हुनुपर्ने बताए । कांग्रेसप्रति नागरिकको ठुलो भरोसा रहेको उल्लेख गर्दै पार्टी सभापति थेवेले भर्खरै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापाका १३ वटा क्याम्पसमध्ये नेविसंघले ९ वटा क्याम्पसमा जित हासिल हुनुले पनि युवा पुस्ताको आकर्षण रहेको बताउनुभयो । कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्दै सभापति थेवेले गाउँ गाउँमा जनतासँग जोडिएर काम गर्न निर्देशन दिनुभयो । अहिलेनै महाधिवेशन केन्द्रित गतिविति नगर्न अनुरोध गर्दै जिल्ला सभापति थेवेले कार्यकर्ताहरु जनताको काममा केन्दिैत हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका झापा क्षेत्र नं. ५ का वडा सभापतिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश कमिटिका सदस्यहरु, जिल्ला पदाधिकारीहरु, महिला संघका पदाधिकारीहरु,क्षेत्रिय पदाधिकारीहरु, नगर र गाउँ सभापतिहरु, वडा सभापतिहरु, क्षेत्रिय प्रतिनिधिहरु,तरुण दलका पदाधिकारीहरु, नेविसंघ पदाधिकारीहरुलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ६ : ५९ बजे