२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

गौरीगंज बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता



गौरीगंज २७, फागुन / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । गौरीगज गाउँपालिका वार्ड नं. ३ स्थित रहेको गौरीगंज बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्वियुको संयुक्त्त प्यानल, अखिल क्रान्तिकारी र स्वतन्त्र प्यालनबाट उम्मेदवारी दर्ता गराएका हुन । नेविसंघ र अनेरास्वियुको संयुक्त प्यानलबाट सभापतिमा रोशन यादव, सचिवमा डिल्लीराम पौडेल, कोषाध्यक्षमा मुजेफर मियाँ उम्मेदवारी दिएका छन् भने सदस्यमा युगेश कटुवाल, दिल्ली प्रसाद राजवंशी र इशा राजवंशी उम्मेदवारी दिएका छन् । त्यसैगरी अखिल क्रन्तिकारी प्यानलबाट सभापतिमा मोहिनी कुमारी राजवंशी, सचिवमा रोहित कुमार ठाकुर, कोषाध्यक्षमा लिजा गिरीले उम्मेदवारी दिएका छन् भने सदस्यमा हनिसा ताजपुरिया, संजय मुर्मू र अस्मिता राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र प्यानलबाट सभापतिमा लालदेव यादव, सचिवमा अभिसेक राजवंशी र कोषाध्यक्षमा नितु कुमारी यादव उम्मेदवारी दिएका छन् भने सदस्यमा लक्ष्मी गौतम, प्रज्वल खनाल र महिमा कुमारी राजवंशी उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
प्रत्यक्षबाट निर्वाचित सभापति, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य सहित ६ जना र समानुपातिक तर्फबाट निर्वाचित उपसभापति, सहसचिव र सदस्य ३ जनासहित ५ जना गरी ११ जना चुनिने छन् ।
सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच चैत्र ५ गते हुने गौरीगंज बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको थियो । सोही अनुसार दुई दलीय राजनीतिक संयन्त्रको वैठकमा नेपाली कांग्रेस पार्टीको भातृ संघ नेपाल विद्यार्थी संघलाई सभापतिसहित ४ सदस्य र नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापतिसहित ५ सदस्य पदमा साझा उम्मेदवारी दिनेमा सहमति भएको हो । नेपाल विद्यार्थी संघलाई सभापति, सहसचिव , र दुई सदस्य तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापति , सचिव , कोषाध्यक्ष र दुई सदस्य पदमा साझा उम्मेदवारी दिने निर्णय भएको थियो । १ सय जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा उम्मेदवारीको दावी विरोध र उम्मेदवारी फिर्ता भोली विहान सम्म तोकिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : १७ बजे