
गौरीगंज ३, फागुन / स्थानिय तहहरुको कार्य सम्पादन तथा स्वमूल्यांकन (लिजा) को विवरण सरकारी निकायहरुबाट अलग अलग विवरण सार्वजनिक भएपछि स्थानिय तहका कर्मचारी तथा जनप्रतिनिधि अलमलमा परेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत कार्य सम्पादन तथा क्षमता स्वमूल्यांकनमा झापाको १५ वटै स्थानिय तहहरु मध्ये पहिलो स्थानमा कन्काई नगरपालिका रहेको विवरण सार्वजनिक गरेको छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा झापाको १५ वटै स्थानिय तहरुमध्ये भद्रपुर नगरपालिकाले ७१ अंक अर्थात पहिलो स्थानमा रहेको विवरण सार्वजनिक गरेको छ । यसरी दुई वटा अलग अलग सरकारी निकायबाट अलग अलग विवरण सार्वजनिक भएपछि सर्वसाधारण मात्रै होइन स्थानिय तहका कर्मचारी र जनप्रतिनिधिहरुसमेत अलमलमा परेका छन् ।
https://lisa.mofaga.gov.np/home

स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ( लिजा) ले प्रकाशित गरेको तथ्याङ्ग अनुसार कार्यसम्पादनमा कन्काई नगरपालिकाले औसतमा ९४ प्रतिशत अङ्क प्राप्त गरेर पहिलो स्थान प्राप्त गरेको छ भने सबै भन्दा कम अर्जुनधारा नगरपालिकाले ६५ प्रतिशत अङ्क प्राप्त गरेको हो । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ( लिजा) ले स्थानिय तहहरुको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक वजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपत्त व्यवस्थापन, सहकार्य एवं समन्वयलगायतका सुचकहरुलाई तर्जुमा गरी प्राप्त विवरणहरुलाई सार्वजनिक गरेको हो ।
स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्लभ पक्षहरुको पहिचान गरी हरेक आर्थिक बर्षमा लिजामा प्राप्त अङ्कहरुको विवरण सावजनिक गर्ने गरेको छ । संघिय सामान्य मामिला तथा प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि तर्जुमा गरी स्थानिय तहरुको कार्य सम्पादन मुल्याङ्कन गर्दै आएका्े छ ।
त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापाको १५ वटै स्थानिय तहरुमध्ये भद्रपुर नगरपालिकाले ७१ अंक अर्थात पहिलो स्थानमा रहेको विवरण सार्वजनिक गरेको छ भने गौरीगञ्ज गाउँपालिका सबैभन्दा कमसल ३३.९ अर्थात सबैभन्दा कम अङ्ग प्राप्त गरेको विवरण प्रकाशित गरेको छ ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन गरि आयोगले सावजनिक गर्ने गरेको छ । कार्य सम्पादन मुल्याङ्कनको आधारमा कुन पालिका कति औँ स्थानमा हेर्नुहोस सुची –
https://nnrfc.gov.np/uploads/resources/2025-02-12/for_publication_Local1.pdf
१, भद्रपुर नगरपालिका – ७१ अंक
२, गौरादह नगरपालिका – ६१ अंक
३, शिवसताक्षी नगरपालिका – ६०.७ अंक
४, हल्दिबारी गाउँपालिका – ६० अंक
५, झापा गाउँपालिका – ५८.९ अंक
६, बरहदशी गाउँपालिका – ५८.९ अंक
७, बुद्धशान्ति गाउँपालिका – ५७.२ अंक
८, दमक नगरपालिका – ५४.२ अंक
९, बिर्तामोड नगरपालिका – ५३.६ अंक
१०, कनकाई नगरपालिका- ५२.८ अंक
११, कमल गाउँपालिका – ५१.३ अंक
१२, अर्जुनधारा नगरपालिका – ४७.९ अंक
१३, कचनकवल गाउँपालिका – ४६.३ अंक
१४, मेची नगरपालिका – ३९.२ अंक
१५, गौरीगञ्ज गाउँपालिका – ३३.९ अंक