२२ पुस २०८१, सोमबार | Tue Jan 7 2025

२८ औं तुर्षा हेमरम स्मृति दिवस मनाइयो



सुरुङ्गा २०, पुस / झापाको कनकाई–१ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस बिविध कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानले आज (शनिवार) प्रतिष्ठानको कार्यालयमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर मनाएको हो । प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिबत्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो । स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुष साथैं सांस्कृतिक कार्यक्रम गरिएको थियो । खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कारसमेत प्रदान गरिने खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले बताए । स्वागत प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमले गरेको कार्यक्रममा बरिष्ठ अधिवत्ता उदासी र सञ्चारकर्मी तथा सामाजिक ब्यक्तित्व रश्मीशेखर सुवेदी प्रमुख बत्ताका रुपमा रहेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, झापा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अन्जुदेबी थपलिया, जग्गादाता परिवारका तर्फबाट उमा सिटौला, तुर्षा हेमरमका छोरा लुखीराम हेमरम, छोरी मुखिया हेमरम, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ५८ बजे