१५ पुस २०८१, सोमबार | Mon Dec 30 2024

राजवंशी समाज विकास समितिको ३१ औं स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर, २ सय भन्दा बढीले लिए स्वास्थ्य लाभ



गौरीगंज ५, पुस/ राजवंशी समाज विकास केन्द्रिय समितिद्वारा गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २ सय भन्दा बढी विरामीहरुले स्वास्थ्य जाँच गरेका छन् । निम्स नेशनल अस्पताल दमक र मेडिम्याक्स अस्पताल गौरादहको संयुक्त प्राविधिक सहयोग र एनएमएसआर मेची युनिटले निःशुल्कमा औषधी उपलब्ध गराएको थियो । राजवंशी समाज विकास समितिको केन्द्रिय कार्यालय परिसरमा आज शुक्रवार सम्पन्न शिविरमा जग्गादाता धनन्ज्य राजवंशीको प्रमुख आतिथ्यतामा भएको थियो । संविधान सभा सदस्य महिन्द्रा लिम्बु, संविधान सभा सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष विश्वदिप लिङ्देन, नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ क का सभापति प्रदेश प्रमुख जिवन राई, गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, निम्स अस्पतालका अध्यक्ष उमाकान्त आर्चाय, निम्स अस्पतालका सेकेटरी रोशन विष्ट, गौरीगंज वहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष मखना महतो, वार्ड नं. ६ का वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी र रमकुमारी विक, वडा सदस्य मो. आसामुदिन मियाँ, राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन सरी राजवंशी , राजवंशी समाज विकास समितिका केन्द्रिय पदाधिकारी, जिल्ला पदाधिकारीलगायत, झापा उद्योग वाणिज्य संघ गौरीगंजका सचिव पवन दास, खजुरगाछी बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार चौधरी, नेपाल मुस्लिम संघ गौरीगंजका अध्यक्ष मो. नसिरउदिन मियाँ, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साह, अनुसन्धान विभागका सञ्जय राजवंशी, सशस्त्र सिमा सुरक्षा वल गौरीगंजका प्रतिनिधि, युवा व्यवसायी पेन्टरबाुबु राजवंशी, युवा व्यवसायी रमेश राजवंशीलगायत स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाड जोर्नी तथा नसा सम्बन्धि विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, जनरल सर्जन लगायतको चिकित्सकहरुले स्वास्थ्य सेवा दिएका थिए । राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीको अध्यक्षता र राजवंशी समाज विकास समिति गौरीगंज गाउँपालिका वार्ड नं. ६ वडा समितिको सहआयोजनामा भएको औपचारिक कार्यक्रममा कार्यक्रमको सहजीकरण कर्ता नारायण राजवंशी, केन्द्रिय महासचिव साजासाहेबले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत जिल्ला अध्यक्ष नौताली राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : १७ बजे